अपडेट:डडेल्धुरा जीप दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत
डडेल्धुरा | भदौ १२, २०८२
डडेल्धुरा: डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका ५ को चौडमा जीप दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परी एकै वडाका चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षीय कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
यसैगरी घाइते हुनेहरुमा वडा नं. ५ कै १८ वर्षीय सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर डम्बर विष्टका अनुसार बिहीबार बिहान करिब ८ बजे से १ज ७३८ नं. को जीप दुर्घटना भएको थियो ।
ठाँटा बजारबाट जिल्ला सदरमुकाम डडेल्धुरा आउँदै गरेको जीप कच्ची सडकबाट करिब ५०० मिटर तल खसेको छ ।
यो पनि पढ्नुहोस
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...


